बार्सिलोनाको नजर स्टर्लिङमा

एजेन्सी । जनवरीमा राहिम स्टर्लिङलाई लोनमा भित्र्याउने बार्सिलोनाले तयारी गरेको छ । २६ वर्षीय इंग्लिस विंगरले यो सिजन म्यान्चेस्टर सिटीका ७ खेलमध्ये २ वटामात्र सुरुवात गर्न पाएका छन् । गत सिजनको अन्त्यदेखि इतिहादमा बेञ्चमा बाध्य बनेका स्टर्लिङको प्रेरणामा इंग्ल्याण्ड युरोपियन च्याम्पिनसीपको फाइनलसम्म पुगेको थियो ।

तर, यसले पेप ग्वार्डिओलामाथि कमै प्रभाव पारेको देखिएको छ । गत ट्रान्सफर विन्डोमा ह्यारी केनलाई भित्र्याउन सिटीले बदलामा स्टर्लिङ दिनेसम्मको प्रस्ताव गरेको बुझिएको छ । यो सिजन ग्वार्डिओलाले स्टर्लिङलाई एक खेलमा मात्र पूर्ण ९० मिनेट खेल्ने अवसर दिएका छन् । उनीअघि रियाद महारेज, फिल फोडेन र हालै १० करोड पाउन्डमा क्लब भित्रिएका ज्याक ग्रिलिस अघि रहेका छन् । जसले उनले क्लब छाड्ने चर्चा चलिरहेको छ ।

उता, आर्थिक संकट व्यहोरिरहेको बार्सिलोना लियोनेल मेस्सी र एन्टोनियो ग्रिजमानलाई गुमाएको छ । जसले स्टर्लिङ आउन चाहे तलबको समस्या हुने छैन । बार्साले सन् १९७२ यता पहिलोपटक युरोपियन प्रतियोगिताको सुरुवाती दुई खेल हारेको छ । यस्तोमा स्टर्लिङको आगमन बार्साका लागि राहत हुनसक्छ । लिभरपुलका पूर्व स्टार रहेका स्टर्लिङले सिटीका लागि २९७ खेलमा ७२ गोल गर्नका साथै ४९ वटा गोलको अवसर सिर्जना गरेका छन् । मिररबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार