बेनी ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)को शनिबारदेखि देशैभर एकैसाथ वडास्तरमा अधिवेशन सुरु भएको छ । यसैक्रममा हिमाली जिल्ला म्याग्दीमा पनि वडा अधिवेशन जारीरहेको नेकपा एमाले म्याग्दीले जनाएको छ । पछिल्लो जानकारीअनुसार हालसम्म जिल्लाको २५ वटा वडाहरुमा एमालेको नेतृत्व सर्वसम्मत रुपमा चयन भैसकेको छ ।
प्रथम वडा अधिवेशनबाट बेनी नगरपालिकाको रत्नेचौरमा टेकबहादुर थापामगर, ज्यामरुककोटमा दिलबहादुर घिमिरे, भकिम्लीमा गेमबहादुर घर्तीमगर, सिङ्गामा गोविन्दप्रसाद पौडेल, पुलाचौरमा दिनेश कार्की, अर्थुङ्गेमा गणेशबहादुर बानियाँ, बेनी ७ मा रमेश फगामी, बेनी ८ मा ठाकुरप्रसाद शर्मा, घतानमा बाबुराम चोखाल र पात्लेखेतमा कृष्णबहादुर मल्ल वडा कमिटी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
यसैगरी रघुगंगाको राखु भगवतीमा धुर्व सुवेदी, पिप्लेमा सुमन पौडेल र पाखापानीमा ट प्रसाद शेरपुन्जा वडा कमिटीको अध्यक्ष चयन भएको एमाले म्याग्दीले जानकारी दिएको छ । त्यसैगरी मंगला गाउँपालिकाको कुहुँमा एकजित रोका, बाबियाचौरमा जीवन कार्की र अर्मनमा कृष्ण छन्त्याल अध्यक्षमा चयन भएका छन् ।
मालिका गाउँपालिकाको निस्कोटमा यामबहादुर पुन, मालिका–३, मा बलबहादुर बुढा,४मा गोविन्द कँडेल, दरबाङमा तारामान रोका र विममा टुकलाल चोचाङ्गी सर्वसम्मत अध्यक्षमा चयन भएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै अन्नपूर्ण गाउँपालिकाको घारमा भक्तबहादुर खड्का, धवलागिरिको मुनामा विष्णु भण्डारी, मुदीमा गणेश घर्ती र ताकममा कलानिधि सुवेदी अध्यक्षमा सर्वसम्मत चयन भएको उहाँले बताउनुभयो ।