राष्ट्रिय माविको ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

भुपेन्द्र नेपाली/लिलसरा पुन /रुम,शनिबार जेठ २५ गते । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा रहेको राष्ट्रिय माविले ६७ औं बषन्त पार गरेको छ । ६७ औं बषन्त पार गरेको उपलक्ष्य ,अभिभावक दिवसमा विद्यालयले शुक्रबार विविध कार्यक्रमको आयोेजना गरि मनाएको छ । कार्यक्रमको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले व्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष रोका मगरले वार्षिकोत्सवको अवसरमा शुभामना व्यक्त गर्नुभयो । शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष रोका मगरले सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा उत्पादन गर्न शिक्षक,विद्यार्थी र अभिभावक विच समन्वय हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

बालबालिकाले घर पछि विद्यालयबाट संस्कार तथा विद्याआर्जन गर्ने भएकाले विद्यालयलाई सभ्य ,शान्त र सुन्दर बनाउन सरकार संगै स्थानीयको महत्वपुर्ण भुमिका रहने अध्यक्ष रोका मगरको भनाई छ । उहाँले भन्नुभयो ‘सामुदायिक विद्यालले शिक्षा प्रदानमा परिमाणमा भन्दा गुणात्मक परिवर्तनमा जोड दिनुपर्छ ।,सरकारले अंक होइन गुणस्तरिय शिक्षा प्रदानको निम्ती शिक्षा क्षेत्रमा ठ्ुलो आर्थिक बजेट खर्चिएकोछ । ’ साथै गाउँपालिकाले सामुदायिक विद्यालयमा आवश्यकता अनुसार भौतिक पुर्वाधार संगै आर्थिक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष नरबहादुर पुन मगरले शुभकामना व्यक्त गर्नुहुँदै सामुदायिक शिक्षा प्रणालिको गुणस्तर सुधारका निम्ती सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर रोका मगरले विद्यालयले गुणस्तरिय शिक्षामा जोड दिएको बताउनुभयो ।

उहाँले विद्यार्थी संख्या बढ्ढै गएपनि विद्यालयमा पर्याप्त दरबन्दी नहुँदा निजि श्रोतबाट शिक्षक नियुक्ती गर्नुपर्दा स्थानीयले ठुलो आर्थिक भार व्यहोर्नुपरेको बताउनुभयो ।
यसैगरी विद्यालयका प्रअ प्रेम घर्तिले विद्यालयले गुणस्तरिय शिक्षामा जोड दिए पनि पर्याप्त शिक्षक दरबन्दी,भौतिक पुर्वाधार तथा आर्थिक अभावका कारण गुणस्तरिय शिक्षा प्रदानमा चुनौती थपिएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयलाई आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने आठ जना चन्दादातालई सम्मान गरिएको थियो भने सोहि विद्यालयमा लामो समय सम्म अध्यापनरत हाल अवकाश प्राप्त तीन शिक्षकलाई सम्मान गरिएको थियो ।

विव्यस अध्यक्ष रोका मगरको अध्यक्षता, सहायक प्रअ इन्द्रकमल पुनको स्वागत मन्तव्य र शिक्षक पुरन पुन मगरको संचालनमा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा वडा सदस्य तथा विभिन्न संघ संस्थामा आवद्ध पदाधिकारीहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै कार्यक्रममा विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार