बिनाकसुर ४१ वर्ष जेल सजाय भोगेका दुर्गाप्रसादलाई ५ लाख भारु क्षतिपूर्ति दिन आदेश

काठमाडौँ । भारतको कलकत्तास्थित उच्च अदालतले भारतको जेलमा ४१ वर्षसम्म बिनाकसुर जेलमा बसेर रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक जोशी) लाई क्षतिपूर्तिबापत ५ लाख भारु दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।

उच्च अदालतले मंसिर २१ गते (७ डिसेम्बर) को दिन भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् दुर्गाप्रसादको बैंक खातामा पाँच लाख भारु पठाउन आदेश दिएको हो । मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर् भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा क्षतिपूर्ति जम्मा गर्न आदेश दिएको हो ।

उनी १९ वर्षको छँदा इलामको माई नगरपालिका(१) बाट तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा एक युवतीको हत्या आरोपमा सन् १९८० मा जेल परेका उनी बिनाकसुर ४१ वर्ष जेल बसेका थिए । गत चैतमा तिम्सिनालाई कोलकत्ता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले रिहा गर्न आदेश दिएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार