काठमाडौँ । नवनियुक्त नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने बताउनुभएको छ । सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै नयाँ भूमिका पाएको भन्दै आफूले प्रवक्ताको जिम्मवारीबाट अलग हुने स्पष्ट पार्नुभएको छ ।
उहाँले प्रवक्ताको जिम्मेवारीमा अर्को व्यक्ति आउने भन्दै उहाँको आउने नयाँ व्यक्तिको भूमिकालाई बढावा दिन आफू अलग हुने बताउनुभयो । उहाँले आफू सामान्यतया बाइटको सन्दर्भमा जहिले पनि उपलब्ध हुने बताउनुभयो । पार्टीको धारणा र सूचनाका लागि अर्को व्यक्ति प्रवक्ताका रूपमा आउनुहुन्छ। तर यहाँहरूलाई परेको बेला म जतिखेर पनि उपलब्ध हुनेछु’, उहाँले भन्नुभयो । सेतोपाटीबाट