हाते ट्याक्टर मर्मत सम्बन्धी सात दिने तालिम

म्याग्दी, बुधबार असार ४ गते । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा युवाहरुलाई लक्षित गरि हाते ट्याक्टर मर्मत सम्बन्धी तालिम सुरु भएको छ । सिप विकास केन्द्र कुश्माको आयोजना र मंगला गाउँपालिकाको समन्वयमा सात दिन सम्म सञ्चालन हुने तालिममा २० जना कृषकहरुको सहभागिता रहेको छ ।

तस्बीर : जगत बानियाँ


कृषकहरुलाई मिनिटिलर हलो मर्मतका लागि आवश्यक प्राबिधिक ज्ञान सिप प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । मिनिटिलर हलो वितरण गरिएपनि मर्मत सम्बन्धी ज्ञानको अभावमा कृषकहरुलाई समस्या भएको छ । पछिल्लो समय म्याग्दीका कृषकहरुको मिनिटिलर हलोको प्रयोगतर्फ आकर्षण बढेको छ । गोरुको विकल्पमा खेतबारी जोत्न मिनिटिलर हलो प्रयोग गर्ने क्रम बढेको हो ।

तस्बीर : जगत बानियाँ
तस्बीर : जगत बानियाँ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार