कैलाली । सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री माया तामाङका ‘पर्सनल सेक्युरिटी अफिसर’(पिएसओ) मृत फेला परेका छन । राज्यमन्त्री तामाङका पिएसओ प्रहरी हवल्दार जोशी बुधबार आफ्नै घरमा मृत फेला परेका हुन ।
यो घटनाको जिल्ला प्रहरी कार्यालय कैलालीले पुष्टि गरेको छ।प्रहरी हवल्दार धनगढी उपमहानगरपालिका– ३ मा रहेको आफ्नै घरमा मृत फेला परेका हुन्। जोशी गत आइतबारदेखि बिदामा बसेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार श्रीमती र छोरासँगै बस्दै आएका जोशीकी श्रीमती माघ १० गते छोरा लगेर आफन्तको विहेमा गएपछि उनी एक्लै घरमा बसेका थिए । कोठामा सिटामोल लगायतका औषधि भेटिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नागरिक खबरबाट