ट्रंक लाइनको बक्यौता उद्योगीले नतिरे विद्युत् लाइन काटिने

भैरहवा । सार्वजनिक लेखा समिति सभापति भरत शाहले ट्रंक लाइनको शुल्क उद्योगीले तिर्नु पर्ने बताउनुभएको छ । भैरहवामा पोर्ट मिडियाले आयोजना गरेको संवाद तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहले ट्रंक लाइन उपभोग गरेका उद्योगले त्यसवापतको बक्यौता शुल्क नतिरे विद्युत् लाइन काटिने बताउनुभयो।

संसदीय लेखा समितिले आठ अर्ब विद्युत महशुल पनि असुल गर्न विद्युत् प्राधिकरणलाई पत्राचार गरेको शाहले भन्नुभयो। नेपालमा विदेशी मुद्राको संचिती घटे पनि डुब्ने स्थिति नरहेको बताउँदै उहाँले आयात अत्यधिक मात्रामा रहेकाले केही आर्थिक मन्दी आएको बताउनुभयो। ‘यसको मुख्य कारण अहिले विदेशी मुद्रा बाहिर जानु हो।

यसलाई सन्तुलन गर्न राष्ट्र बैंकले प्रतित पत्रमा विलासीका सामान आयात गर्दा केही कडाइ गरेको छ,’ उहाँले भन्नुभयो, ‘राष्ट्र बैंकले बैंक ग्यारेन्टीवापतको र स्थानीय तहमा पठाउने रकम वाणिज्य बैंकमा राख्यो भने पनि बजारमा पैसाको अभाव देखिदैन त्यसका लागि समिति मार्फत कुरा राखेको छ।’स्थानीय तहहरूले पनि अब विकास निर्माणका काम गर्न पुँजीगत खर्च खर्चिने भएकोले छिट्टै नै बजारमा देखिएको तरलता अभाव हट्ने सभापति शाहको विश्वास छ। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार