बीमा समितिको एक्सनः ११ वटा कम्पनी कारबाहीमा

काठमाडौं । बीमा समितिले विभिन्न ११ वटा बिमा कम्पनीहरुलाई कारबाही गरेको छ । लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै समितिले कम्पनीहरुलाई कारबाही गरेको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६–७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीहरुलाई रु १० हजारका दरले जरिवाना गरिएको छ ।

यसरी कारबाहीमा पर्नेमा कम्पनीहरुमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ रहेका छन् ।

बीमा ऐन, २०४९ अनुसार बीमा कम्पनीले आफूले गरेको बीमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट लेखा परीक्षण गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष सकिएको मितिले १० महिनाभित्र समितिलाई बुझाउनुपर्ने व्यवस्था छ । ती बीमा कम्पनीले यही व्यवस्थाको उल्लंघन गरेको समितिले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार