विद्यार्थी र मजदुरलाई निःशुल्क इन्डक्सन चुलो वितरण गर्न माग

काठमाडौं। नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थी, मजदुर र सामान्य परिवारका मानिसहरुमा निःशुल्क इन्डक्सन चुलो पुर्‍याउन सरकारसँग माग गरेको छ ।

सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाललाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियूले पेट्रोलियम पदार्थको महंगीले जनताको ढाड सेकिएको भन्‍दै निःशुल्क इन्डक्नस चुलो पुर्‍याउन सरकारसँग माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘ अनेरास्ववियू तत्कालका लागि विद्यार्थीहरुलाई विद्युतीय इन्डक्सन चुलो निस्शुल्क वितरणका लागि माग गर्दछ। विद्युतीय माध्‍यमबाट चल्‍ने यातायातका साधनको प्रयोगलाई प्राथमिकता दिन ध्‍यानाकर्षण गराउन चाहन्छौं।’

साथै पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगमा योजनावद्ध रुपमा काम गर्न सरकारसँग अनेरास्ववियूले आग्रह गरेका छन् ।यस्तै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको ज्ञापन पत्र बुझ्‍दै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागिरहेको बताउनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘म अहिले सकारात्मक ढंगले सोच्छु, मसँग बजेटहरु केही पनि छैन मन्त्रालयमा, नेपाल सरकारले अर्थमन्त्रालयलाई भनेर बजेट उपलब्ध गरायो भने यो काम गर्न खुशी छु।’उहाँले यस बारेमा आफू सकारात्मक रहेको र वैकल्पिक प्रयोगको प्राथमिकताका बारेमा गम्भीर भएर सोच्ने र सरकारले आफ्नो मन्त्रालयलाई यस बारेमा बजेट उपलब्ध गराएमा आफू सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो।onlinekhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार