लोकसेवाका परीक्षार्थीद्धारा प्रदर्शन

काठमाडौँ । २०७६ सालमा विज्ञापन भएको लोकसेवा आयोगको परीक्षा र अन्तर्वार्ताका सहभागीहरुले आफूहरुको नतिजा आउनुपर्ने भन्दै प्रदर्शन गरेका छन् । बिहीबार उनीहरुले विभिन्न नारा अंकित प्लेकार्डसहित कमलपोखरीमा रहेको लोकसेवा आयोग कार्यालय अगाडि धर्ना दिएका हुन् । २०७६ मंसिरमा खुलाएको शाखा अधिकृतको विज्ञापनअन्तर्गत २०७८ भदौ ८ मा सबै चरणका परीक्षा सम्पन्न भइसकेका छन् ।

अन्तिम योग्यता सूची प्रकाशन हुन बाँकी रहेको अवस्थामा अदालतको अन्तरिम आदेशको अपव्याख्यासहित नतिजा स्थगन गर्दा आफूहरूलाई मर्का परेको परीक्षार्थीहरूले जनाएका छन् । कर्मचारी समायोजन ऐन कार्यान्वयमा भएको लापरबाही र त्रुटिले समस्या बढ्दै गएपछि शाखा अधिकृत र नायब सुब्बाका परीक्षार्थीले आफूहरु तनावमा रहेको बताएका छन् । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार