मालपोत कार्यालय चाबहिलका खरदारसहित तीन जना पक्राउ

काठमाडौं । मालपोत कार्यालय चाबहिलका खरदार लक्ष्मण बस्नेतसहित तीन जना पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बस्नेत, होटल व्यवसायी मीना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठलाई बिहीबार घुससहित पक्राउ गरेको हो।

जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी १ लाख ३५ हजार घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताउनुभयो । उनीहरूलाई काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित मुस्ताङ हाम्रो थकाली भान्सा घरबाट रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार