काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६ जनालाई पदाधिकारीमा मनोनयन गर्नुभएको छ । उहाँले कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री मनोनयन गर्नुभएको हो ।
जसअनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ मनोनित हुनुभएको छ । यस्तै प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनित हुँदा सहमहामन्त्रीमा हिक्मत बहादुर ढकाल, तेजकुमार कुरुम्बाङ र आइतराम तामाङ चयन हुनुभएको छ । रातोपाटीबाट