माओवादी केन्द्र एमसीसीको पक्षमा, कार्यकर्ताहरु विरोधमा प्रदर्शन गर्दै

काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् ।

आइतबार नयाँ बानेश्वरमा भइरहेको एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ । जबकि, माओवादी केन्द्रले आइतबार एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरेको छ ।

उल्लेखनीय छ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल लगायतले एमसीसीको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने ‘पार्टी लाइन’प्रति असहमति जनाएका छन् ।

माओवादी केन्द्रको आइतबार बिहान बसेको केन्द्रीय कार्यालयको अनौपचारिक बैठकले एमसीसीको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरेको थियो । लगत्तै बसेको सत्तारुढ गठबन्धनको बैठकले पनि व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता पारित गर्ने प्रकृया संसदमा अघि बढाउने निर्णय गरेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार