
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्नका लागि संसद् बैठकअघि बैठक बोलाउनुभएको हो।
अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि ११ बुँदामा व्याख्यात्मक घोषणा गरिने भएपछि मन्त्रिपरिषद्को बैठक बस्ने तयारी गरिएको हो। nagariknews.nagariknetworkबाट