काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । नयाँ बानेश्वरको मुख्य सडकमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकुर भेटिएको थियो ।
उक्त शंकास्पद प्रेसर कुकर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।शंकास्पद वस्तु निष्क्रिय पारिएसँगै बन्द भएको सडक खोल्ने तयारी गरिएको छ । नागरिक खबरबाट