काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन् । महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बनेर पराजित भएकी रेखा थापा पनि केन्द्रीय सदस्य बन्नुभएको छ ।
राप्रपामा १९९ जनाको केन्द्रीय कार्यसमिति रहने प्रावधान छ । महाधिवेशनबाट ९ पदाधिकारी र १४१ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । ५० जना अध्यक्षले मनोनीत गर्न पाउँछन् । त्यसअनुसार अध्यक्ष लिङ्देनले ३२ जना यसअघि नै मनोनित गरिसकेका छन् भने आज थप १४ जना मनोनीत गरेका हुन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार मनोनीत केन्द्रीय सदस्यहरुमा लिलादेवी श्रेष्ठ, बिन्दु पौडेल, रेखा थापा, प्रेक्षा मल्ला, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्तिमाया तामाङ, जयाकुमारी महतो र सावित्रा थापा रहेका छन् । नागरिक खबरबाट






















