कर्णाली बनाउन नभइ आफू बन्नेहरु सरकारमा सामेल भए : यामलाल कँडेल

सुर्खेत । नेकपा (एमाले)का नेता यामलाल कँडेलले रुकुम पश्चिममा ऐन, कानुनविपरीत बजेट खर्च हुन थालेको बताउनुभएको छ । कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता कँडेलले ऐन, कानुनविपरीत बजेट खर्च गरी विकृति फैलाइएको बताउनुभयो । रुकुम पश्चिममा खर्च भइरहेको बजेट अस्वभाविक रहेको भन्दै उनले कानुनी दायरामा ल्याउन आग्रह पनि गर्नुभयो ।

‘त्यहाँ छुट्टै खालको शासन व्यवस्था भएजस्तो गरी मनलाग्दी बजेट खर्च गरेको मैले महसुस गरेको छु । त्यसलाई नियन्त्रण गर्न कानुनी दायरामा ल्याउत तपाईंहरु लाग्नुहोला,’ उहाँले भन्नुभयो । कर्णाली बनाउने म्यान्डेट पाएको पूर्वसरकारले अयोग्यताका कारण ४ वर्ष खेर गएको उल्लेख गर्दै उहाँले आफूहरु सत्तामा हुँदा पनि सरकारलाई विकासमा ध्यान दिन पटक–पटक आग्रह गरिएको बताउनुभयो।अहिले कर्णाली बनाउन नभएर आफू बन्नका लागि मुख्यमन्त्रीले काम गरिरहेको उहाँले बताउनुभयो ।

‘आज कर्णाली बनाउनका लागि होइन कि आफू बन्नका निम्ति लागेकालाई सोल गरेर मुख्यमन्त्री हिँडिरहनुभएको छ । कर्णाली बनाउने विचार लिएकालाई साथमा लिएर होइन, आफू बन्नका लागि जे पनि गर्न खोज्नेलाई लिएर नेतृत्व गरिरहनुभएको छ तरपनि छलफलमा हामी सहभागी भएका छौँ,’ उहाँले भन्नुभयो । उहाँले सत्तारुढ दलबीच विवाद भएकै समयमा आँट गरेर सुशासनप्रति सरकार जिम्मेवार हुनुपर्ने सदनप्रति सरकार जबाफदेही हुनुपर्ने बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार