जनताका लागि गरेको खर्च फजुल हुँदैन : मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले जनताका लागि गरेको खर्च फजुल नहुने बताउनुभएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा एमालेले उठाएका मागहरुको विषयमा जवाफ दिँदै उहाँले भन्नुभयो, ‘मन्त्रालय विभाजन गरेर गल्ती गरेको ठहरिए सजाय भोगौँला तर काम गर्ने प्रयास त गर्नु पर्‍यो नि ।

गल्ति भए महशुस पनि गर्न जानेका छौं । सरकारले फजुल खर्च ग¥यो भन्ने हल्ला छ । सरकार खर्च गर्न बनेको हो । जनताको पक्षमा काम गर्न गरेको खर्च पनि फजुल हुन्छ कहीँ रु जनतालाई सेवा दिने काममा सरकारले खर्च गरेको हो दुरुपयोग गरेको होइन ।’ उहाँले विगतका संरचनामा नै बस्नु पर्ने बाध्यताका कारण एउटै भवनमा मन्त्रालयहरू एकै ठाउँमा राख्नुपरेको बताउनुभयो ।

उहाँले यसअघिका सरकारले ४ वर्षसम्म नेतृत्व गर्दा एउटा पनि भवन संरचना नै नबनाइदिँदा मन्त्रालयहरू एकै ठाउँमा राख्नु परेको उहाँको भनाइ छ । अव्यवस्थित रुपमा वितरण भएको बहुबर्षे योजनाहरुको नियमनको लागि सरकारले कार्यविधि तयार पारेर त्यसै अनुसार कार्यान्वयनमा जाने नीति लिएकाले यसबाट १३ वटै जिल्लामा योजनाहरु छनौट तथा कार्यान्वयनमा सहज हुने उहाँले बताउनुभयो ।

औद्योगिक क्षेत्रको उचित व्यवस्थापन र संरक्षणका लागि उद्योग मन्त्रालयले काम गरेको उहाँले बताउनुभयो । उहाँले बालाजु औद्योगिक क्षेत्रमा सरकारी जमिन नीजि क्षेत्रले कब्जा गरेको अवस्था रहेकाले त्यसको संरक्षण र विकासमा काम गर्ने उद्देश्यले प्रदेश सरकार मतहत ल्याउने पहल गरिएको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार