एमाले परित्याग गरी कांग्रेस प्रवेश

बेनी । नेकपा एमाले परित्याग गरी दुई युवाहरु कांग्रेस प्रवेश गरेका छन् । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ४ स्थित ताराखेतका धने परियार र राजु परियार कांग्रेस प्रवेश गर्नुभएको हो ।उहाँहरुलाई कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले सदस्यता पत्र वितरण गर्नुभएको हो ।

कार्यक्रममा पुर्व सभापति तथा संविधान सभा सदस्य रेशमबहादृर बानियाँ ,उपसभापतिद्धय बेनी नगरका मेयर हरिकुमार श्रेष्ठ र केबी भण्डारी ,पुर्व सहसभापति नेत्रबहादुर महत ,सचिवद्धय हिराबहादुर पुन र भरत रकाल ,प्रदेश सभा क्षेत्र ‘क’ का  सभापति ओम छन्त्याल र ‘ख’ का सभापति टंकप्रसाद पुन लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार