![](https://myagdinews.com/wp-content/uploads/2022/03/kpoli3.jpg)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि प्रचण्ड-माधवहरू दक्षिणपन्थी गठबन्धनमा गएको बताउनुभएको छ ।
प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसनको महाधिवेशनलाई सोमबार ललितपुरमा सम्बोधन गर्दै ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि प्रचण्ड–माधवहरू प्रतिगमनको विरोध गर्ने भन्दै प्रतिक्रियावादीको पछि लागेको बताएका बताउनुभएको हो ।
ओलीले भन्नुभयो, ‘उनीहरूले सकेसम्म गरे । बैठकबाट बाहिर निस्किएपछि सरकार र पार्टीविरुद्ध खैरो खन्ने । आन्दोलन समाप्त पार्न खोजे तर सफल हुन सकेनन् । त्यसपछि उनीहरूले पार्टी कब्जा गर्ने नियत लिए । कब्जा गर्न पनि असफल भएपछि प्रतिक्रियावादीको पछि लागेर दक्षिणपन्थी गठबन्धन बनाए ।’ नागरिक खबरबाट