मन्त्री दीपक मनाङेले कुटे कर्मचारी

पोखरा । गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गर्नुभएको छ। उहाँले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् ।

‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भन्नुभयो, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’ कुटिएका भनिएका कर्मचारी ओझाको फोन स्विच अफ छ । घटना के कारणले भएको भन्ने पनि खुलेको छैन ।

‘भनाभन भएको हो भन्ने सुनिएको छ । कुटपिट नै भएको हुन सक्छ,’ एक कर्मचारीले भन्नुभयो, ‘यसरी त काम गर्न गाह्रो हुन्छ ।’मनाङेले मन्त्री हुनुअघि पनि कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गर्नुभएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार