बेनपा–८ मा काँग्रेसको सम्पर्क कार्यालय स्थापना

म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेपाली काँग्रेस बेनी नगरपालिका–८, ले सम्पर्क कार्यालय स्थापना गरेको छ । नेपाली काँग्रेसको निर्वाचन क्षेत्र ‘क’को कार्यालय रहेको गणेशटोलमा कार्यालयको काँग्रेसका सभापती खम बहादुर गर्बुजा खम्बीरले उद्घाटन गर्नुभएको छ ।

स्थानीय चुनावी प्रचार प्रसार, भेटघाट तथा छलफल गर्ने उद्देश्य अनुरुप सम्पर्क कार्यालय स्थापना गरिएको काँग्रेसबाट वडा अध्यक्षको उम्मेद्धार बन्नुभएका हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

सभापती गर्बुजाले प्रतिपक्षलाई कमजोर नठानी निरन्तर चुनावी गतिविधि लिएर जनताको घरदैलोमा पुगेर हेरको मन जित्नेगरि योजना बनाउन आग्रह गर्नुभयो । उहाँले यसपटक बेनपा –८ मा काँग्रेसको जित निश्चित रहेको बताउदै सबै उम्मेद्धारलाई जनताको मनोबल उच्च हुने गरि योजना बनाउन आग्रह गर्दै यस पटक ‘मुख हेरेर होइन रुख हेरेर’ भोट हाल्ल अनुरोध गर्नुभयो ।

उक्त कार्याक्रममा निर्वाचन क्षेत्र क का सभापती ओम छन्त्याल, पार्टी सचिव हिरा पुन लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम वडा सभापती हिम भण्डारीको अध्यक्षता वडा इकाई सचिव दिनेशकुमार विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसको नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार