बेनी । म्याग्दीका स्थानीय तहमा स्वतन्त्र उम्मेद्धार दिएकाहरुले हाँस ,भुइँकटहर देखी पुतली चिन्ह पाएका छन् । जिल्लाको रघुगंगा गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्धारी दिनुभएका साग भण्डारी, उपाध्यक्ष पदका उम्मेद्धार अनुरोध रिजालले हाँस ,वडा नम्बर २ को सदस्य पदमा उम्मेद्धारी दिनुभएका राजकुमार दर्जीले हाँस ,वडा नम्बर २ को वडा अध्यक्षकी उम्मेद्धार रञ्जना श्रेष्ठले हाँस ,वडा नम्बर ६ को सदस्य पदमा उम्मेद्धारी दिनुभएका भिमप्रसाद पुनले दुई वटा हाँस ,वडा नम्बर २ कै वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्धारी दिनुभएका गोकर्ण परियारले पुतली चिन्ह पाउनुभएको निर्वाचन अभिकृतको कार्यालयले जनाएको छ । यसैगरी बेनी नगरपालिकामा ७ जनाले स्वतन्त्र उम्मेद्धारी दिएका थिए ।
बेनी नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्धारी दिनुभएका धनबहादुर श्रीष मगर र वडा नम्बर ७ को वडा अध्यक्ष पदका उम्मेद्धार कृष्णबहादुर शाक्यले पनि हाँस चिन्ह पाउनुभएको छ । वडा नम्बर नम्बर २ का अध्यक्ष सहित तीन जनाले पुतली ,वडा नम्बर ३ को खुल्ला वडा सदस्यले पुतली र वडा नम्बर ६ अध्यक्ष पदका उम्मेद्धारले मुख्य निर्वाचन अधिकृतको कार्यालयका नासु धर्मराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर २ वडा अध्यक्ष उम्मेद्धार सम्रात सापकोटाले ,सदस्य राधिका शर्मा ,दलित महिला सन्तु दर्जी ,वडा नम्बर ३ को खुल्ला वडा सदस्य राम बहादुर रुचाल पुतली र वडा ६ को वडा अध्यक्ष उम्मेद्धार रमेश बहादुर थापाले हाँस चिन्ह पाउनुभएको छ ।
अन्नपुर्ण गाउँपालिका वडा वडा नम्बर ६ को वडा सदस्य उम्मेद्धार राजाराम बरुवालले दुई वटा हाँस ,सोही गाउँपालिका वडा नम्बर ७ को अध्यक्ष वडा उम्मेदवार कुमबहादुर पुर्जाले भुइँकटहर,अर्का अध्यक्ष पदका उम्मेद्धार तुकबहादुर पुनले खरायो चिन्ह पाउनुभएको सहायक निर्वाचन अधिकृत सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।