काठमाडौँ । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ । पाटन नगरपालिका – ४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गर्नुभएको हो ।
मतदान केन्द्रमा उहाँले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उहाँका छोरासमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताउनुभयो। देशमा बलियो व्यवस्था र गाउँ–ठाउँको विकास होस् भनेर मतदान गरेको भट्टले बताउनुभयो ।
बैतडीमा ४४० जनप्रतिनिधि छान्नका लागि मतदान भइरहेको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ । रातोपाटीबाट