योजना आयोगले सिफारिस नगरेका आयोजनाले बजेट नपाउने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरूले बजेट नपाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आयोगबाट सिफारिस नभएका आयोजनाले बजेट नपाउने बताउनुभएको हो ।

उहाँले विनियोजन कुशलता कायम गर्न दीर्घकालीन सोच अनुरूप राष्ट्रिय प्राथमिकताका आधारमा विकास कार्यक्रम र आयोजनालाई बजेटसँग आबद्ध गरिने बताउनुभयो । यस्तै, पूर्व तयारी नभएका र आयोजना बैंकमा प्रविष्ट नभएका आयोजनाले समेत बजेट नपाउने भएका छन् ।आगामी आर्थिक वर्षदेखि आयोजनाले बजेट पाउनका लागि योजना आयोगले सिफारिस गर्नै पर्ने व्यवस्था सरकारले गर्ने भएको छ । यस्तै, बजेट पाउनका लागि आयोजनाहरू आयोजना बैंकमा प्रविष्ट समेत हुनुपर्ने छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार