भोलिदेखि आयोगले मतदाता नामावली संकलन गर्ने

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असार १ गते अर्थात भोलि बुधबारदेखि मतदाता नामावली संकलन गर्ने भएको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यसबारे जानकारी दिनुभएको हो ।

उहाँले ७७ वटै जिल्ला निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र ८३ वटा इलाका प्रशासन कार्यालय मार्फत नामावली संकलन र अध्यावधिक कार्य गरिने बताउनुभयो । कुनै पेशा व्यवसायका कारण अर्को जिल्लामा रहेपनि सो जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने बताउनुभयो । विवाह वा अन्य कुनै कारणले अर्को जिल्लामा मतदाता नामावली सार्न चाहेमा सोही जिल्लामा निवेदन दिने र सो कार्यालयबाट प्राप्त पत्र नयाँ जिल्लाको निर्वाचन कार्यालयमा बुझाउनुपर्ने उल्लेख गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार