सगरमाथा आधार शिविर हिँडेका भारतीय चिकित्सक बेपत्ता

सोलुखुम्बु । सगरमाथा आधार शिविर हिँडेका भारतिय चिकित्सक बेपत्ता हुनुभएको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित तेङबोचेको फुंगाथाङ्बाट डा. चन्द्रमोहन शिवनाथ हराउनुभएको हो । जेठ ५ बाट ३१ वर्षीय चन्द्रमोहन बेपत्ता भएको सोलुखुम्बुका डिएसपी सुनिलजङ्ग शाहले बताउनुभयो ।

जेठ ५ मा नाम्चे बजारको चेक प्वाइन्टमा प्रहरीले डा. चन्द्रमोहन आधार शिविर तर्फ लागेको रेकर्ड राखेको छ । नाम्चेको चेक प्वाइन्टबाट उनी मध्यान्ह १ बजे बेसक्याम्प तर्फ लागेका हुन् । प्रहरीको अनुसन्धानबाट उहाँ तेङबोचेसम्म पुगेको थाहा भएको छ । चिकित्सकको खोजीमा प्रहरी निरीक्षकको कमाण्डमा ३ टोली परिचालन गरिएको डिएसपी शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘गोक्यो, थामबोचे र सगरमाथा अधार शिविरमा खोजी भइरहेको छ ।’

चिकित्सक हराएको ठाउँबाट सगरमाथा आधार शिविर पुग्न ३ दिन पैदल हिँड्नुपर्छ । सगरमाथा आधार शिविर हिँड्नुभएको कोरियन महिला पनि चैत ६ बाट बेपत्ता हुनुहुन्छ । नाम्चे बजार बाट चैत ६ मा आधार शिविर तर्फ लागेकी कोरियन नागरिक लि अझै फेला पर्नुभएको छैन । कोरियन महिलाको खोजी भइरहेको डिएसपी शाहले बताउनुभयो । उहाँको खोजीमा आएको दक्षिण कोरियाको एउटा टिम फर्किएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार