भलिबल संघ म्याग्दीको कार्यालय उद्घाटन तथा खेलाडी सम्मान

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघले बेनीको पिपलचोकमा कार्यालय स्थापना गरि उद्घाटन गरेको छ । शुक्रबार एक समारोहको विच जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले रिवन काटेर सो कार्यालयको उद्घाटन गर्नुभएको हो ।सोही अवसरमा भलिबल खेलक्षेत्रमा अमूल्य योगदान पु¥याएका ७ जना व्यक्तिहरुलाई सम्मान गरिएको छ । देशलाई पदक दिलाएका राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाही, नेपाल भलिबल संघका निं सचिव, भलिबल खेलाडी, प्रशिक्षक एवम् रेफ्री डि।वि नेपाली, पूर्व खेलाडी एवम् म्याग्दी जिल्ला कप्तान मुन्ना केसी, जिल्लाका पूर्व खेलाडी गंगा केसीलाई सम्मान गरिएको हो ।

त्यस्तै समितिमा रहेर योगदान पु¥याएका जिल्ला खेलकुद विकास समिति म्याग्दीका नि। अध्यक्ष कृष्ण कुमार विश्वकर्मा, म्याग्दी जिल्ला भलिबल संघका नि। अध्यक्ष रमेश कुमार श्रेष्ठ र नि। सचिव विनय श्रेष्ठलाई पनि सम्मान गरिएको संघका महासचिव कुमार किसानले जानकारी दिनुभएको छ ।उहाँहरुलाई जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ, उपाध्यक्ष खड्क केसी लगायतले दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै  जिसस प्रमुख थापाले म्याग्दी जिल्ला भलिबल खेलको उर्वरभूमि भएको बताउनुभयो ।

विभिन्न अन्तराष्ट्रि खेलहरुमा राष्ट्रलाई स्वर्ण तथा रजट पदक दिलाउन सफल राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाही, कमला पुन, मिलन मल्ल, राजु शेचरन र पछिल्लो समयका सुजन चोखाल, पवित्रा विसी जस्ता राष्ट्रिय स्तरका खेलाडीहरु जिल्लाबाट उत्पादन हुनु समग्र जिल्ला बासीको गौरवको बिषय भएको उहाँले बताउनुभयो ।खेलकुदको क्षेत्रमा जिल्लाका ६ वटै पालिकाले प्रायप्त बजेटको व्यवस्था गरि नियमित रुपमा विभिन्न खेलकुद गतिविधिहरु संचालन गर्न पहल गर्ने उहाँले बताउनुभयो । खेलाडीको प्रोत्साहन र सम्मानमा स्थानीय सरकार कतैपनि चुक्न नहुने उहाँको भनाई थियो । खेललाई मर्यादित र खेलाडीलाई अनुशासित बनाउन भलिबल संघले गाउँगाउँमा अभियान संचालन गर्न समेत थापाले सुझाव दिनुभयो ।

कार्यक्रमम नेपाल भलिबल संघका नि। सचिव नेपाली, राष्ट्रिय महिला भलिबल टिम कप्तान शाही, जिल्ला भलिबल संघका निवर्तमान अध्यक्ष श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका नि। अध्यक्ष विश्वकर्मा, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा म्याग्दी जिल्ला भलिबल संघका नवनिर्वाचित कार्य समितिलाई गण्डकी प्रदेश भलिबल संघका कार्यवाहक अध्यक्ष हरि श्रेष्ठले प्रमाण पत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रिय सदस्य राजकुमार गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य चन्द्रा घले, सत्रुभञ्ज्याङ गुल्मका गुल्मपति सशांकराज अर्याल, शसत्र प्रहरी वलका प्रहरी नायव उपरिक्षक प्रदिप थापा, बाग्लुङ जिल्ला भलिबल संघका उपाध्यक्ष किशोर छन्त्याल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष धु्रव जिसी, सदस्य शंकर पौडेल, कमल पौडेल, मंगोल नेश्नल अर्गनाईजेसनका जिल्ला अध्यक्ष डिके पुन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लोक गायीका मिलन विश्वकर्मा, कलाकार पविता पुन, देविना घर्ती र रुविना कार्कीले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । खेलाडी उत्पादन गर्नका लागि म्याग्दी भलिबल तालिम केन्द्र संचालन गर्ने, पालिका स्तरीय र जिल्ला स्तरीय खेलाडी घोषणा गर्ने उद्देश्यले पालिका कप तथा म्याग्दी भलिबल कपको आयोजना गर्ने योजना रहको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

साथै आगामी असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा महिला भलिबल खेल म्याग्दीमा संचालन गर्न माग समेत गरिएको बानियाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार