सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन गण्डकी प्रदेशको भेला चैत २५ मा,संयोजकमा धन कुमार रोका

  म्याग्दी न्युज संवाददाता

पोखरा । सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन गण्डकी प्रदेशको भेला (सम्मेलन ) चैत २५ गते हुने भएको छ । शनिबार पोखरा स्थित सहिद पार्कमा नरेन्द्र घर्ती मगरको अध्यक्षता बसेको बैठकले चैत २५ गते पोखरामा दाेस्राे भेला गर्ने भएको हो । बैठकले धनकुमार रोकाको संयोजकत्वमा भेलाको आयोजक समिति गठन गरी तयारी समेत थालेको छ ।

आयोजक समितिको सदस्यहरुमा नरेन्द्र घर्ती मगर ,सोचना सापकोटा ,पवन भुजेल ,मनोज किसान ,लोचना सापकोटा र नेहा गुरुङ रहनुभएको छ । केन्द्रीय उपाध्यक्ष प्रकाश बास्तोलाले सहिदहरुको सपना पुरा गर्नका लागि पुर्व माओवादी घटकहरु एक बनाउन फाउन्डेसन गठन गरिएको बताउनुभयो । यसैगरी, केन्द्रीय संरक्षक सुजन सापकोटाले जनयुद्धका सहिदहरुलाइ रास्ट्रिय सहिद घोषणा गर्नुपर्ने,जनमुक्ति सेनालाई गणतन्त्र सेनानी घोषणा गर्नुपर्ने ,जनयुद्धका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्नका लागि संघर्ष जारी राख्ने बताउनुभयो । बैठकमा सहिद तथा बेपत्ता योद्धा सन्ततिहरुले बोलेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार