म्याग्दी ,आइतबार पुस ६ गते । म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य ९बाबुराम० होटल ब्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।
सुर्खेतमा सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट आचार्य केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । बेनीको अस्पतालचोकमा रहेको होटल याकका सञ्चालक आचार्य म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्ष संघको अध्यक्ष संगै विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ ।
केन्द्रीय सदस्यमा निर्वाचित गराउन सहयोग गर्नेहरुलाई धन्यवाद दिदै आचार्यले होटल ब्यवसायीको समस्या पहिचान र समाधानमा थप सक्रिय भएर अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
होटल ब्यवसायसंगै पर्यटन प्रर्वद्धनका लागि जिल्लामा विभिन्न कार्यक्रम भित्र्याउन उहाँको भूमिका रहने अपेक्षा गरिएको छ । आचार्य एक दशकदेखि होटल ब्यवसायमा सक्रिय हुनुहुन्छ । उहाँले वैदेशिक रोजगारिको विकल्पमा दशक अघि बेनीमा होटल नमस्ते खोलेर ब्यवसाय सुरु गर्नुभएको थियो ।