महभिरको पहिरोले पुरिएको मोटरसाइकल

  म्याग्दी न्युज संवाददाता

बेनी।जोमसोम सडक अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा शनिबार राती पहिरोमा पुरिएको मोटरसाइकल निकालिंदै। बेनी देखि शिखतर्फ जांदै गरेको ध २ प ६०३३ नम्बरको पल्सर कम्पनीको टु ट्वान्टी ब्राण्डको सो मोटरसाइकलमाथि गुडीरहेको अवस्थामा शनिबार राती पहिरो खसेर पुरिएको थियो ।

मोटरसाइकलका चालक भने भागेर ज्यान बचाउन सफल भएका छन् । महभिर देखि माथिको भिरमा नयाँ पहिरो सिर्जना भएको छ ।बेनी जोमसोम कोरला सडक आयोजनाले आइतबार बिहान सडक विभागको डोजर परिचालन गरेर मोटरसाइकल निकाल्नुका साथै अवरुद्ध सडक खुलाएको छ ।

आइतबार बेनी जोमसोम सडक सूचारु रहेको छ । रात र भरिको समयमा बेनी जोमसोम सडकमा यात्रा नगर्न स्थानीय प्रशासन र बेनी जोमसोम कोरला सडक आयोजनाले अनुरोध गरेको छ ।

तस्बिर  सौजन्य : रुपल पुर्जा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार