मोना डेनमार्कको भेटघाट कार्यक्रममा डेनिस नागरिकलाई सम्मान (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । डेनमार्कमा रहेका म्याग्दीलीहरुको साझा संस्था (मोना),डेनमार्कको सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ४ अगष्टमा सम्पन्न कार्यक्रममा नेपाल सरकारद्धारा सम्मानित हुनुभएका डेनिस नागरिक सोरेन लौरेड्सेनलाई मोना डेनमार्कले पनि बधाई सहित सम्मान गरेको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष राजनविक्रमजङ्ग थापा र संरक्षक कृष्ण पौडेलले नेपालीपन झल्कने ढाका टोपी ,खादा र कदरपत्रले सोरेनलाई सम्मान गर्नुभएको थियो । नेपाल सरकारले उहाँलाई नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै पुरस्कृत गरेको थियो ।

संस्थाका अध्यक्ष थापाले सोरेनले नेपालको पर्यटन क्षेत्रमा गरेको सहयोगको प्रसंशा गर्दै कार्यक्रमले डेनमार्कममा रहेका म्याग्दीलीहरु विच एकआपसमा आत्मियता र भाइचाराको सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताउनुभयो । सम्मानित डेनिस नागरिक सोरेनले मोना डेनमार्कलाई धन्यवाद सहित आभार व्यक्त गर्नुभयो ।

सचीव सन्तोष भण्डारीको संचालन र उपाध्यक्ष उषा पुर्जाको स्वागत कार्यक्रममा कार्यक्रममा मोना नेदरल्याण्डका प्रतिनिधि ब्रिन्दा थापा खड्का , डेनमार्क स्थित विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत म्याग्दीलीहरुको सहभागी रहेको मोना डेनमार्कका उपाध्यक्ष एवं वरिष्ठ भलिबल खेलाडी मिलन केसीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार