गलेश्वरमा साउन महिनामा १५ लाख रुपैयाँ बढी भेटी संकलन

गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिक स्थिल गलेश्वरधाम मन्दिरमा साउन महिनामा १५ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ । बेनी नगरपालिका–९,स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनाका चार सोमबारमा दर्शन र पुजाआजा गर्न आएका भक्तजनबाट १५ लाख १० हजार ७२४ रुपैयाँ संकलन भएको हो ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले पहिलो सोमबार ३ लाख ७२ हजार ३७२ रुपैयाँ , दोस्रो सोमबार ३ लाख ३६ हजार १८५ रुपैयाँ, तेस्रो सोमबार ३ लाख ६६ हजार २ सय रुपैयाँ र चौथो सोमबार ४ लाख ३५ हजार ९ सय ६७ रुपैयाँसंकलन भएको बताउनुभयो । साउन महिनामा करिब एक लाख भक्तजनले गलेश्वर शिवालय मन्दिरमा पुजआजा तथा दर्शन गरेका कार्यालय प्रमुख बानियाँले जानकारी दिनुभयो ।

गलेश्वर शिवालयमा साउन महिनाको सोमबार, वालाचर्तुदर्शी र शिवरात्रिको भोलिपल्टै र अन्य समयमा १५ दिन र मासिक रूपमा भेटी गनणा गरिँदै आएको कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताउनुभयो । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार