बेनी–काठमाडौं रुटमा साझा यातायातको सेवा विस्तार ,यस्तो छ भाडा दर(भिडिओ)

म्याग्दी । म्याग्दीबासीलाई गुणस्तरीय र आरमदायी सेवा प्रदान गर्ने लक्ष्य सहित साझा यातायातले सेवा विस्तार गरेको छ ।  सार्वजनिक यातायात सेवा प्रदान गर्ने सहकारी संस्था साझा यातायातले राजधानी काठमाडौँदेखि म्याग्दीको सदरमुकाम बेनीसम्म बस छुटाउन थालेको हो । बेनी–काठमाडौँको भाडा दर एक हजार एक सय ५० रुपियाँ भएको साझा यातायात बेनीका संयोजक भीमबहादुर श्रेष्ठले बताउनुभयो । यो भाडा दर अन्यको तुलनामा न्यून हो। बेनी–काठमाडौँ रुटमा चल्ने बसहरूले हाल प्रतियात्रु एक हजार पाँच सय रुपियाँ भाडा लिने गरेका छन् ।

भिडिओ हेनुहोस्…

‘म्याग्दी सदरमुकाम बेनी–काठमाडौँ रुटमा चल्ने ४१ जना क्षमताको दुई वटा बस सेवा सुचारु गरेका छौँ । काठमाडौँदेखि बेनीका लागि हरेक दिन साँझ ६ बजे र बेनीदेखि काठमाडौँका लागि साँझ ६ः१५ मा बस छुटाउने समयतालिका बनाएका छौँ,’ श्रेष्ठले भन्नुभयो । एक पटकमा एक जना ज्येष्ठ नागरिक, एक जना अपाङ्गता र एक जना विद्यार्थीलाई सहुलियत दिने श्रेष्ठले बताउनुभयो ।साझा यातायातको सेवा विस्तार भएपछि म्याग्दी, पर्वतको उत्तरी क्षेत्रमा पर्ने जलजला, मुस्ताङका बासिन्दाका साथै म्याग्दी, मुस्ताङमा आउने पर्यटक तथा तीर्थयात्रीहरूलाई राहत मिलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार