दरबाङ । म्याग्दीको मालिका गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ प्रतिस्पर्धा हुनेछन् ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न ११ विद्यालयले सहभागीता जनाएको गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३० ÷३० वटा पदकमा खेल प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो ।
अध्यक्ष गर्बुजाले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुमा लगनशिलता , अनुसासन र प्रतिस्पर्धी बन्नका लागि प्रतियोगिताले सहयोग पुग्नेमा जोड दिँदै गाउँपालिकाबाट छनौट भएर जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा उत्कृष्ट खेल पदर्शन गर्ने खेलाडीहरुलाई गाउँपालिकाले प्रोत्साहन गर्ने बताउनुभयो । प्रतियोगिताले विद्यार्थीको शारिरीक र मानसिक रुपमा मात्र नभई आपसी मित्रता स्थापित गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा बिजेता विद्यालयलाई नगद ८० हजार रुपैयाँ सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ । प्रतियोगितामा द्धितिय र तृतिय हुने विद्यालयलाई क्रमश ः नगद ६० हजार र ४० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जनाइएको छ । त्यसैगरि प्रतियोगितामा मार्च पासमा उत्कृष्ट विद्यालय र अनुशासित विद्यालयलाई समेत पाँच÷पाँच हजार रुपैयाँ सहित प्रमाणपत्रद्धार पुरस्कृत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा मालिका गाउँपालिका– ६ ,का वडा अध्यक्ष पथबहादुर रोका र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले प्रतियोगिताले विद्यालय तहमा लुकेका खेलप्रतिभाको पहिचान र प्रोत्साहन गर्न सघाउनेमा जोड दिनुभयो । उद्घाटन कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो भने बाजागाजा सहितको ¥यालीले दरबाङ बजार परिक्रमा गरिएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालको अध्यक्षता र जनप्रिय माविका प्रधानध्यापक दिवाकर सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।