ओली, देउवा र प्रचण्डको सहमतिबिना लेखा समिति सभापति बदलिँदैन : एमाले

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । नेकपा एमालेका सांसदहरूले राजनीतिक सहमतिबिना सार्वजनिक लेखा समितिको सभापति नबदलिने बताएका छन् ।

‘हिजो एउटा सहमतिको आधारमा नेतृत्व चयन भएको हो । यसकारण केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको सहमतिबिना लेखा समिति सभापति बदलिँदैन,’ एमाले सचिव योगेश भट्टराईले भन्नुभयो ।

लेखा समितिको बैठक बसिरहेको माओवादी सांसद अमनलाल मोदीले समिति सभापति ऋषिकेश पोखरेललाई मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको छ। एमाले सांसदहरू भट्टराई, गोकुल बास्टोका लगायतले राजनीतिक सहमति बेगर नेतृत्व परिवर्तन नहुने बताए ।

‘फेर्ने भए फेरौं । राष्ट्रिय सभा अध्यक्ष पनि फेरौं,’ बास्कोटाले भन्नुभयो ।

शीर्ष नेताको सहमति बिना संसद्को पदाधिकारी र समिति सभापतिबारे अन्यथा निर्णय नहुने उहाँले पनि बताउनुभयो ।अनलाईन खबर 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार