संस्कृतिको जगेर्ना गर्न बेनीमा ‘पुख्र्यौली नाच प्रतिस्पर्धा’

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुख्र्याैली नाच प्रतिस्पर्धा गराइएको छ । बेनीमा म्याग्दी उद्योग बाणिज्य संघले सञ्चालन गरेको आठौँ म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेलाको अवसरमा नेपाल मगर संघको सहआयोजनामा बुधवार पुख्र्यौली नाच प्रतियोगिता गरिएको हो ।

विभिन्न आठ समूहले सहभागिता जनाएको प्रतियोगितामा धवलागिरि गाउँपालिका– ३ मुना पुख्र्यौली समूह प्रथम र अन्नपूर्ण गाउँपालिका– ८ को काफलडाँडा पुख्र्यौली समूह द्धितिय हुन सफल भएका छन् । प्रतियोगितामा बिजेता समूहलाई नगद रु ३५ हजार एक सय र उपबिजेतालाई नगद रु २० हजार एक सयको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा सहभागी बिम पुख्र्याैली समूह, ओखोरबोट पुख्र्याैली समूह, निस्कोट पुख्र्याैली समूह , पाखापानी पुख्र्याैली समूह, चिमखोला पुख्र्याैली समूह, , र नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको पुख्र्यौली समूहलाई रु ८ हजारको दरले नगद पुरस्कार सहित प्रमाणपत्रद्धारा सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजा, प्रमुख जिल्ला अधिकारी गुरुदक्त ढलका, संघका प्रथम उपाध्यक्ष एवं कलासंस्कृति प्रतियोगिता उपसमितिका संयोजक लिलाराम गौतम, मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष लोकबहादुर पुन लगायतले बिजेता र उपबिजेता समूहलाई पुरस्कार प्रदान गर्नुभएको थियो । महोत्सवमा आयोजित पुख्र्यौलीलगायतका मौलिक कला र संस्कृतिको प्रतिस्पर्धाले महोत्सव स्थल संगीतमय बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार