![](https://myagdinews.com/wp-content/uploads/2025/02/mona-qatar-800x450.jpg)
बेनी । रोजगारी ,व्यवसायी लगायत विभिन्न सिलसिलामा कतारमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)कतारको अध्यक्षमा बाबुराम भण्डारी चयन हुनुभएको छ । शुक्रबार सम्पन्न संस्थाको १२ औं वार्षिक साधारणसभा तथा २२ औं वार्षिकोत्सवबाट भण्डारी अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । अध्यक्ष भण्डारीको घर जिल्लाको रघुगंगा गाउँपालिका–२,भगवती हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा देवीदत्त कँडेल,प्रथम उपाध्यक्षमा पदम पुन, उपाध्यक्ष रुकुम श्रीपाली,महासचिव कृष्ण खड्का (शिव),सचिव नरेन्द्र कुमार दर्जी,सचिव प्रेम बहादुर गर्बुजा,कोषाध्यक्ष नवराज रिजाल, मोना नेपाली, सह–कोषाध्यक्ष मोना नेपाली,महिला संयोजक टिकामाया रोका,महिला उपसंयोजक पार्वती पुन रहनुभएको छ ।
त्यसैगरी बेनी नगरपालिका पल सुन्दास,मंगला गाउँपालिका संयोजक राम बहादुर बानीयॉ, रघुगंगा गाउँपालिका संयोजक बिष्णु खत्री, अन्नपूर्ण गाउँपालिका संयोजक याम बिक, मालिका गाउँपालिका संयोजकमा यामुना पटेल रहनुभएको छ ।कार्यसमितिको बरिष्ठ सदस्य तथा साांस्कृतिक संयोजक राजन खत्री, गंगाधर कँडेल, कोपिला पटेल, सिर्जना घताने, कल्पना घताने,सपना पुन, भुपेन्द्र पुर्जा, दिल घताने, कार्यकारिणी सदस्यहरुमा बिल बहादुर दर्जी,भत बहादुर दर्जी, देवी विक, प्रेम बिक,लाल प्रसाद पुन, भगवान भण्डारी, तारा बिक रहनुभएको मोना कतारका संरक्षक एवम् निर्वाचन समितिका संयोजक बिक्रम कार्कीले जानकारी दिनुभयो ।
अधिवेशनको मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष हङकङका लागि नेपाल सरकारका तर्फबाट पर्यटन प्रवद्र्धनदूत समेत रहेका प्रकाश पुनले उद्घाटन गर्नुभएको थियो ।मोना अन्तराष्ट्रियका कोषाध्यक्ष एवम् मोना कतारका संरक्षक, पूर्व अध्यक्ष नरेन्द्र फगामी,मोना कतारका संस्थापक प्रेम रसाइली, पूर्व अध्यक्ष एवम् संरक्षक रमेश पौडल, मोना बहुउदेश्यीय अक्षय कोषका अध्यक्ष बिक्रम कार्की, तिलु शर्मा पौडेल, जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ लगायतले कतारका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुले समेत मन्तब्य राख्नुभएको थियो । अधिवेशनमा थालीनाच, पञ्चेबजा सहित विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
साधारणसभामा आफ्नो कार्यकाललाई एतिहाँसिक बनाउन सहयोग गर्ने सम्पूर्णलाई निवर्तमान अध्यक्ष राजु पौडेलले धन्यबाद ज्ञापन गर्नुभएको थियो । साधारणसभामा नवनिर्वाचित अध्यक्ष भण्डारीले संस्थाको गरिमालाई उच्च राख्दै आफ्नो कार्यकालमा थप नयाँ कार्यक्रममार्फत अगाडी बढ्ने बताउनुभयो ।राजु पौडलको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष हेम बानियाँ र सञ्चालन महासचिव शिव खड्काले गर्नुभएको थियो । कतारमा विभिन्न व्यवसायिक कार्यक्रम गर्दै आर्जन भएको रकमबाट म्याग्दी जिल्लाको सदरमुकाममा मोना कतार बहुउद्देश्यीय अक्षयकोष समेत स्थापना गरी सञ्चालन गरिरहेको छ ।