
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्यागदी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्व चयनका लाागि मतदान सुरु भएको छ । आज देशभर त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । म्याग्दी क्याम्पसमा निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अखिल समाजवादीले भाग लिएका छन् ।
अनेरास्ववियूबाट दिनेश खत्री,नेविसंघबाट संगम चोखाल क्षेत्री,अखिल (क्रान्तिकारी) बाट सन्दीप खत्री र अखिल (समाजवादी) बाट मनिषा दर्जीले सभापति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । सभापतिका उम्मेद्धार चारैजनाले मतदान गरेपछि विहान करिब साढे आठ बजेदेखि मतदान सुरु भएको हो ।निर्वाचन समितिका संयोजक पशुपति ढकालका अनुसार, आठ सय २४ मतदाता मध्ये साढे पाँच सय बढीलाई मतदाता परिचय पत्र वितरण गरिएको छ । मतदान सुरु भएपछि जिल्ला स्थित सबै राजनितिक दलका शिर्ष नेताहरु क्याम्पस परिसरमा पुगेर आफ्ना उम्मेद्धारहरुका लागि भोट मागिरहेका छन् ।म्याग्दी क्याम्पस परिसरमा शान्तिपुर्ण मतदान भइरहेको छ ।
त्यसैगरी अनेरास्ववियूबाट प्रत्यक्ष निर्वाचित हुने सचिव पदमा मञ्जुर कटुवाल क्षेत्री,कोषाध्यक्षमा अस्मिता भण्डारी र सदस्यहरुमा किशोर खड्का,अबिजित शाही,संगम तिलिजा पुन,अस्मी परियार एलिसा गर्बुजा र समानुपातिक तर्फ सफल खत्री,बिजन खड्का,स्नेहा रामदाम,सुस्मीता पौडेल र मनिषा हमालले उम्मेदारी दर्ता गराउनुभएको छ ।
यसैगरी नेविसंघबाट प्रत्यक्ष तर्फ निर्वाचित हुने सचिव पदमा प्रतिभा बानियाँ,कोषाध्यक्षमा यशु खत्री,सदस्यहरुमा विशाल विक,छिमा पुन,ढकबहादुर भण्डारी,सम्पूर्ण जिसी,अनुपम श्रेष्ठ र समानुपातिक तर्फ रेजिता भण्डारी,अजय मल्ल,रुपा सापकोटा,पूर्णिमा कार्की,लिलाबहादुर खत्री,कुशल बानियाँ र सुमन विक रहेका छन् ।अखिल(क्रान्तिकारी)बाट प्रत्यक्ष तर्फ सचिवमा कृष्ण सापकोटा, कोषाध्यक्षमा सुप्रेना किसान,सदस्यहरुमा रेशम केसी, विनिता बुढा, सुवास कटुवाल, विलोम मल्ल र समानुपातिक तर्फ शिवराम गौतम, सृष्टी खड्का, आज्ञा पौडेल र अनिता वर्देवाले उम्मेदवारी दर्ता गराउनुभएको क्याम्पसले जनाएको छ ।
अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट झर्ना परियारले समानुपातिक तर्फको सदस्य पदमा उम्मेवारी दिनुभएको छ । चारवटा विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेपनि मुख्य तह तीन विद्यार्थी संगठनका बीच प्रतिस्पर्धा देखिएको छ । स्नातकोत्तर तह सम्म पठनपाठन हुने क्याम्पसमा ८ सय २४ मतदाता रहेका छन् ।