
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा म्याग्दीका खमबहादुर गर्बुजा `खम्बिर´ नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
पुर्व गोर्खा सैनिक समेत रहनुभएका गर्बुजा म्याग्दीबाट निर्वाचित सांसद हुनुहुन्छ । भने उहाँ नेपाली कांग्रेस म्याग्दीका सभापति समेत हुनुहुन्छ । यसअघिका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुभएको थियो । गर्बुजाको जन्मघर म्याग्दीको रघुगंगा गाउँपालिका-४, दग्नाम हो । म्याग्दी महोत्सवको उद्घाटनका लागि सदरमुकाम बेनी आउनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य गर्बुजालाई मन्त्री बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
उहाँले नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सांसद गर्बुजालाई मन्त्री बनाउने बाचा पूरा भएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । हसिला र बिकासप्रेमी खम्बीर गर्बुजा २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तर रुपमा कांग्रेसमा सक्रिय गबूर्जाले २०५४ सालमा तरुणदलको सदस्यता लिए र म्याग्दीको विकासका लागि होमीनुभएका थियो ।बुबा चकबीर गर्बुजा र आमा कृष्णकुमारी गर्बुजाको कोखबाट २०२२ सालमा जन्मनुभएको थियो ।