
बेनी । म्याग्दीको मालिका गाउँपालिका–२,स्थित जेममा बुद्ध जयन्ती मेला विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको छ । बुद्ध जयन्तीको अवसरमा जेम स्थित सामाजिक क्षेत्रमा क्रियाशिल दिप ज्योति युवा क्लबको आयोजनामा आगामी जेठ १० गते देखि १५ गते सम्म उक्त कार्यक्रम संचालन हुने भएको हो ।

क्लब सचिव शिशिर पुनका अनुसार , खुल्ला पुरुष र महिला भलिबल प्रतियोगिता ,खुल्ला प्रौढ भलिबल ,वडा स्तरीय अण्डर २० उमेर समुह भलिबल ,पुरुष र महिला छेलो प्रतियोगिता लगायत विविध खेलकुद प्रतियोगिताहरु संचालन हुनेछन् । पुरुष भलिबल प्रतियोगितामा विजेताले ठुलो धनराशीको एक लाख ५१ हजार र उपविजेताले एक लाख एक हजार रुपैयाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पानेछन् ।
महिला भलिबलका विजेता र उपविजेताले क्रमशः पचास हजार र तीस हजार रुपैयाँ नगद सहित कप ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । खुल्ला प्रौढ भलिबलका विजेता र उपविजेताले क्रमशःचालीस हजार र २५ हजार रुपैयाँ कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । बुद्ध जयन्तीको अवसरमा क्लबले खेलाडीहरु बीच भाइचारा सम्बन्ध स्थापित गर्न ,खलेकुद क्षेत्रको विकास र स्थानीय कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्धेश्यले विविध खेलकुद तथा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको क्लब अध्यक्ष कुशल पुनले बताउनुभयो । कार्यक्रमलाई सफल बनाउन तयारी थालिएको बताउँदै अध्यक्ष पुनले टिम सहभागी गराएर र सहयोग गर्न अपिल गर्नुभएको छ ।












































