वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण

  म्याग्दी न्यूज संवाददाता

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ ,४ र ५ नागरिकलाई वडामै राष्ट्रिय परिचयपत्र उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा लामो समयदेखि थन्किएका राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण अभियान अन्तर्गत शनिबार मालिका गाउँपालिका–३ ,रुम डाँडागाउँमा ३० जना र वडा नं ४ ओखरबोटमा १२ जनालाई वितरण गरिएको थियो । त्यसैगरी आइतबार वडा नम्बर ५ देविस्थानमा ६२ जना सेवाग्राहीलाई बस्तीमै पुगेर वितरण गरेको जिल्ला प्रशासन कार्यालयकी कम्प्यूटर अपरेटर बिष्णु खत्रीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमै पुगेर परिचपत्रका लागि विवरण दिनुभएकाको कार्ड वितरण भइरहेको छ । स्थानीय जनप्रतिनिधिले समेत समन्वय गरेकाले सहज भएको कम्प्यूटर अपरेटर खत्रीको भनाइ छ । परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै आउनुपर्ने र पुनःबायोमेट्रिक गर्नुपर्छ ।

जनशक्ती र उपकरणको अभावले सबै पालिकाका एकैपटक राष्ट्रियपत्र वितरण नगर्न नसकिएपनि आवश्यक समन्वयमा सेवालाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले बताउनुभयो । यसैगरी वडा नम्बर ५ को वडा कार्यालयले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता बस्तीस्तरमा पुगेर वितरण गरेको छ । गरिमा विकास बैंक दरबाङ शाखा मार्फत देविस्थानका पन्थोक ,मगरदाङ र रुन्मा गरी तीन वटा बस्तीमा पुगेर २२७ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव धर्मकान्त पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार