म्याग्दी खोलाले बगाएर ल्याएको बेवारिसे शव फेला

  म्याग्दी न्यूज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ मंगलघाटस्थित म्याग्दी खोलामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । बुधबार दिउँसो करिब १ः५० बजे म्याग्दी खोलामा शव बगिरहेको अवस्थामा देखिएको भन्ने सूचना अस्थायी प्रहरी पोष्ट मंगलघाटमा प्राप्त भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सूचना प्राप्त हुनासाथ घटनास्थलमा SOCO टोलीसहित १५ जना प्रहरी परिचालन गरिएको थियो । प्रहरी टोलीले खोलामा बगिरहेको शवलाई बाहिर निकालेको जनाएको छ । फेला परेको शव हालसम्म पहिचान खुल्न नसकेको अन्दाजी ४५ देखि ५० वर्ष उमेर समूहको पुरुषको रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार