• त्रिशुलीमा ट्रक खस्दाँ ट्रक र चालकनै बेपत्ता

    काठमाडौं । धादिङको त्रिशूली नदीमा ट्रक खसेको छ। मंगलबार बिहान करीब साढे १ बजे बेनीघाट रोराङ गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौँदी ज्यामिरे घाटबाट ट्रक त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। वीरगञ्जबाट काठमाडौंमा कपडा बोकेको ट्रक खसेको आशंका गरिएको उ...

  • टर्कीले नेपालसहित ६ मुलुकबाट हुने सिधा उडान रोक लगायो

    काठमाडौं । टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने आंशकाका बीच सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानमा रोक लगाएको छ । यसले यूरोप र अमेरिकामा हुने नेपालीहरुको यात्रा समेत प्रभावित हुने भएको छ । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ । नेपाल सरकारले उडान खुला गरेप...

  • प्रदेश १ को बजेट अधिवेशन बैठक फेरि स्थगित

    मोरङ । प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १५ औँ बैठक आज पनि स्थगित भएको छ । निर्धारित समयभन्दा १५ मिनेट ढिलो गरी शुरु भएको बैठकमा प्रतिपक्ष नेकपा माओवादी (केन्द्र) समर्थक सांसदले उभिएर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक असार २० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् । पटकपटक आसन ग्रहण गर्न आग...

  • ओली सरकारले मुलुकलाई नयाँ उचाइमा पुर्‍यायो : प्रदीप ज्ञवाली

    काठमाडौं । नेकपा (एमाले) का प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकलाई गएका केही वर्षमा नयाँ उचाइमा पुर्‍याएको बताउनुभएको छ। मंगलबार राष्ट्रिय धान दिवसको उपलक्ष्यमा भक्तपुरमा आयोजित रोपाईं कार्यक्रममा बोल्दै ज्ञवालीले ओली नेतृत्वको सरकारले मुलुक...

  • ११ महिनामा ४५ अर्बको धान–चामल आयात

    काठमाडौँ । आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस मनाइँदै गर्दा देशमा आयात हुने धान–चामलले कृषि प्रधान देशलाई गिज्याइरहेको छ । सरकारले आत्मनिर्भरको नारा रटान गरेपनि आयातले फड्को मारेको छ । बर्षेनी अर्बौ रुपैयाँ बराबरको धान चामल आयात हुँदै आएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म झ...

  • साउन ९ गतेदेखि चिकित्सा शास्त्र स्नातक तहको प्रवेश परीक्षा शुरु हुने

    काठमाडौं । चिकित्सा शास्त्र तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा ९ साउनदेखि शुरु हुने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले चिकित्सा शिक्षा तर्फको स्नातक परीक्षाका लागि अनुमती दिएको हो । चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराम लुइँटेलले कोभिडका कारणले सर्दै आएको परीक्षा साउन ९ गतेदेखि करीब ५ द...

  • माथिल्लो तामाकोसीको परीक्षण अन्तिम चरणमा, सोमबारबाट ७६ मेगावाट विद्युत उत्पादनको लक्ष्य

    काठमाडौं । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गर्न अन्तिम चरणका परीक्षणका काम धमाधम भइरहेका छ । ७६–७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिका तय ...

  • प्युठानमा एक पुरुष मृत र एक अचेत अवस्थामा फेला

    काठमाडौँ । प्युठानमा एक पुरुषको हत्या भएको छ। प्युठान नगरपालिका वडा नम्बर १० नेपानेमा सोमबार बिहान सवा ६ बजे एक पुरुष मृत फेला परेका थिए। त्यस्तै, अर्का पुरुष भने अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो। मृतक सोही वडाको कोट भन्ने ठाउँका अन्दाजी ३४ व...

  • बागलुङमा नगदसहित ६ जुवाडे पक्राउ

    बागलुङ । बागलुङमा जुवा खेलेको आरोपमा ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ । सोमबार साँझ बागलुङ नगरपालिका–३ शिवधाराचोकको एक घरमा जुवा खेलेको अवस्थामा नगद ३५ हजार ६ सय रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–३ का राजेन्द्र धमाला, घरधनी डोलेन्द्र केसी, सोही स्थानका राजेन्द्र गौडेल, बीर...

  • बाटो खन्‍ने क्रममा पहिरोमा पुरिएर जेसिबीका चालकको मृत्यु

    हुम्ला ।अदानचुली गाउँपालिका-५ काखेस्थित जेसिबीले बाटो खन्‍ने क्रममा सोमबार साँझ पहिरो जाँदा जेसिबीका चालक बर्दिया घर भएका २५ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको छ । उक्त स्थानमा पहिरो जाँदा जेसिबी र चालक पुरिएर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्फगार्डबाट खटिएको प्रहरीले चौधरीलाई उद्दार गरी उपच...