विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका अनुसार बुधबार बिहान इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिला र झापाको दमक–३ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार दमको पुरानै समस्या रहेकी इलामकी वृद्धा श्वासप्रश्वासमा स...
समाचार
-
-
गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापा मगरलाई कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरलाई कोरोना संक्रमण भएको छ। मन्त्री मगरलाई आज विहान कोरोना पुष्टि भएको उनका स्वकीय सचिव भरत खनालले जानकारी दिए। मन्त्री मगरले सामान्य रुघा, खोकी र ज्वरो देखिएपछि परिक्षणका लागि स्वाब दिदा आज कोरोना पोजिटिभ रिपोर्ट आएको खनालले बताए। मन्त...
-
भारतका सेना प्रमुख नरावणे काठमाडौंमा
काठमाडौँ । भारतका सेना प्रमुख मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन्। नेपालको तीन दिने औपचारिक भ्रमणका लागि भारतीय स्थल सेनाध्यक्ष नरावणे भारतीय वायु सेनाको विशेष विमानमार्फत बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। नरावणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आइपुगको विमानस्थल स्रोतले जना...
-
अवैध सामान र १३ बोरा पटकासहित दुई जना पक्राउ
झापा । झापाको मेचीनगर नगरपालिका–७ बाट ठूलो परिणाममा अवैध सामान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मङ्गलबार राति भारतबाट नेपालतर्फ भन्सार छलेर अवैधरूपमा ल्याउँदै गरेको रु सात लाख २१ हजार ७०० बराबरको लत्ताकपडा र मोटरपार्ट्स बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी...
-
लागुऔषधसहित दुई युवक पक्राउ
काठमाडौं । प्रहरीले दुई जनालाई लोकन्थलीबाट लागुऔषधसहित पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको टोलीले मंगलबार राति पौने ६ बजे दुई जनालाई पक्राउ गरेको हो। प्रहरीले धादिङ मुलाबारी घर भई काठमाडौं-३२ तीनकुने बस्दै आएका २५ वर्षीय निराजन थापा र ललितपुर महानगरपालिका-९ बस्ने २६ वर्षीय रविन खड्गीलाई पक्राउ गरे...
-
नगदसहित ६ जना जुवाडे पक्राउ
जनकपुरधाम । सर्लाहीबाट ६ जना जुवाडे पक्राउ परेका छन्। मंगलबार साँझ सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ६ का शम्भु सिंहको घरमा जुवा खेलिरहेका ६ जनालाई झण्डै ६९ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटको नेतृत्वमा ...
-
आख्यानकार गगनसिंह थापाको निधन
काठमाडौँ । यथार्थवादी उपन्यास लेखनबाट नाम बनाएका कैलाली, टीकापुरका साहित्यकार गगनसिंह थापाको ७३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । केही वर्षयता कलेजोको क्यान्सरबाट ग्रस्त थापाको पछिल्लो समय मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । लेखक थापाका ‘सोह्र सौगात’ (संयुक्त कथासंग्रह), ‘कर्णालीको छेउछाउ’, ‘पुर्खाको चिट...
-
लागुऔषधसहित पाँच जना पक्राउ
इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएर मङ्गलबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–१ लौकहीका १९ वर्षीय मनिष यादव, भारत सुपौल बनेलीपट्टी–७ का १९ वर्षीय सुरेशकुमार गुप्ता, कोशी गाउँपालिका १९ वर्षीय महेशकुमार मेहता, भोक्राहा नरसि...
-
नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने पक्राउ
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । घोराही उपमहानगरपालिका–१७ दाङ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी रु एक करोड ८...
-
११ वर्षपछि छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ
सुनसरी । छोराको हत्या गरेको आरोपमा ११ वर्षपछि बुवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–१ का करिम मियाँ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए । भोक्राहा नरसिंह गाउँपालिकामा विसं २०६६ मा तीन महिनाको छोराको घाँटी थिची हत्या गरेर म...