पोखरा । पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ । आम नागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएका छन् । कोरोन...
समाचार
-
-
कोशी पुलदेखि मेची पुलसम्म सिसी क्यामेरा जडान गरिने
मोरङ । प्रदेश नं १ सरकारले कोशी पुलदेखि मेची पुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आज सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति सुरक्षालाई ध्यानमा राखी ती स्थानका मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागिएको जानकारी दिनुभयो । ...
-
सदर चिडियाखाना एक सातालाई बन्द
काठमाडौँ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना एक साताका लागि बन्द गरिएको छ । लामो समयसम्म बन्द भएर गत ६ महिनाअघि खोलिएको चिडियाखाना फेरि सात दिनका लागि पुनः बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनमा अनुसार आइतबारदेखि लागु हुने गरी चिडियाखाना बन्द गरिएको प्रमुख ...
-
नेपालमा कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि
काठमाडौँ । नेपालमा कोरोनाभाइरस संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ । विश्वप्यापी रुपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरेजस्तै नेपालमा समेत सोही अवस्था देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले आइतबारको नियमित प्रेस ब्रिफिङमा बताउनुभयो । राष्ट्र...
-
थप ६४६२ जनामा कोरोना संक्रमण, ४ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४३७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको...
-
युवा संघ धनुषाद्वारा जनकपुरमा प्रधानमन्त्रीको पुत्ला दहन
काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल धनुषाले आज जनकपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ । जनकपुरस्थित रेल्बे स्टेसनदेखि सुरु गरेको विरोध जुलुस जनक चौकमा कोण सभा गरि समाप्त गरएको थियो ।उनीहरुले स्थानीय निर्वाचन घोषणा गर, रेणु यादब लाई बर्खास्त गर, मापसे सरकार मुर्दाबाद भन्दै प्रधानमन्त्रीको पुतला दह...
-
बन्दै गरेको सडकको नालीमा परेर गैंडाको मृत्यु
चितवन । चितवनमा बन्दै गरेको सडकको नालीमा परेर एक गैंडा मरेको छ। जिल्ला बन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार नारायणघाट-हेटौंडा सडक खण्डको गोन्द्राङ भन्ने ठाउँमा नालीमा परेको भाले गैंडा आइतबार दिउँसो मरेको हो। उक्त सडक ६ लेनको बन्दै छ।खनालका अनुसार नालीमा खसेको गैंडा चितवन राष्ट्रिय निकुन्जको मध्यवर्त...
-
अस्पतालका ५० बढी स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि टेकुमा खोप अभियान स्थगित
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ । अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको आइतबार अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भोलि (सोमबार)देखि अर्को आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको ...
-
अब बाजुरामा कोरोना परीक्षण निःशुल्क
बाजुरा । बाजुरामा पीसीआर परीक्षण निःशुल्क हुन थालेको छ। जिल्ला अस्पताल बाजुराले सञ्चालनमा ल्याएको पीसीआर ल्याबमा कोरोना परीक्षण निःशुल्क भइरहेको अस्पतालका प्रमुख डा.प्रकाशराज जोशीले बताउनुभयो। अस्पतालले कोभिड परीक्षण लक्षित गर्दै हालै ल्याब सञ्चालनमा ल्याएको हो। सेवा सञ्चालन आएपछि एक सय ७६ जनाको पीसीआर परीक्षण भइसके...
-
कोरोना खोप लगाएको आधा घण्टामै मृत्यु
कैलाली । कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो । उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । उनले आइतबार कैलाली गाउँपालिका–४ स्थित ...





















