• जनताले कांग्रेसको नेतृत्व परिवर्तन गर भनेका छन् : सिंह

    काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने बताउनुभएको छ । पार्टी नेतृत्व परिवर्तन जनताको चाहना भएको पनि उहाँले बताउनुभयो। 'कांग्रेस देशको नेतृत्वमा रहने हो भने पार्टी नेतृत्व परिवर्तन गर भनेर जनताले भनेका छन्,’ पोखरामा आज आयोजित कार्यक्रममा सिंहले भन्नुभयो। उहाँले...

  • प्रदेश २ का मन्त्री राम नरेश राय बर्खास्त

    जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गरेका छन्। नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन उनलाई बर्खास्त गरिएको हो। यसअघि कात्तिक २८ मा मुख्यमन्त्रीले निवासमै बोलाएर मन्त्री रायलाई राजीनामा गर्न आग्रह गरेका थिए। तर उनले मानेका थिएनन्। मन्त्र...

  • एमाले नआएपछि प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री राईले भोलि विश्वासको मत लिने

    विराटनगर । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेशसभा बैठक शुरु भएको छ ।मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि विहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो । नेकपा एमालेले भने विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरे...

  • आगोसँग नजिस्किन अमेरिकालाई चीनको चेतावनी

    एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको पहिलो भिडियो वार्तामा राष्ट्रपति सीले यस्तो चेतावनी दिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको शान्ति प्रकृयालाई हस्तक्षेप नगर्न चेतावनी दिएपछि च...

  • प्रधानसेनापति र कोरियाका राजदूतबीच भेटवार्ता

    काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकबीच जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ । मंगलबार प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । यस किसिमको भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर ...

  • राजधानीको सुन्धारामा विप्लवका कार्यकर्ताद्वारा टायर बालेर प्रदर्शन

    काठमाडौँ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले राजधानीको सुन्धारामा प्रदर्शन गरेका छन् । सडकमा भेला भएका विप्लवका कायकर्ता टायर बालेर प्रदर्शन गरेका हुन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो भने प्रहरीले केही कार्यकर्तालाई पक्राउ गरेको छ । पेट्रोलियम पदार्थलगायत उपभोग्य सामानमा गरिएको मूल्यवृद्धिलगायतको विरोध...

  • सत्तारूढ गठबन्धनले बनाएको समन्वय समितिको पहिलो बैठक सिंहदरबारमा

    काठमाडौँ । सत्तारूढ गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्ने भएको छ। आज सिंहदरबारमा बैठक बस्ने भएको हो।संयोजक रामचन्द्र पौडेलले आज अपरान्ह ३ बजेका लागि बैठक बोलाएको उनका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले बताउनुभयो। समसामयिक राजनीतिक घटनाक्रमबारे आज छलफल गर्ने तयारी छ। गठबन्धनमा रहेका पाँच दलबाट दुई...

  • विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्छ : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईपान) को १९ र २० औं साधारण सभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताउनुभयो। उनले विद्युत...

  • बन्द भएकोले आज प्रदेश १ को बैठक नगर्न एमालेको माग

    विराटनगर । नेकपा एमालेले प्रदेश नम्बर १ को प्रदेश सभा बैठक आज स्थगित गर्न माग गरेको छ।नेपाल कम्युनिष्ट पार्टीले आज बन्द गरेकोले सांसदहरू उपस्थित हुन नसक्ने कारण देखाउँदै एमालेले बैठक रोक्न माग गरेको छ। एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आज बन्द भएकोले सांसद आउन नसक्ने बताए। बैठक स्थगित गर्न उनले माग गरेका छ...

  • हिसाब खोज्दा पालिकाको बैठक कक्षबाट निकालिए वडा अध्यक्ष

    विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयरले वडा अध्यक्षलाई बैठक कक्षबाट निकालेका छन् । सोमबार वार्षिक समीक्षा गोष्ठीमा मेयर दिलिपकुमार राईले पथरीशनिश्चरे-४ का वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीलाई नगरप्रहरी लगाएर निकालेका हुन् । समीक्षा गोष्ठीमा वडा अध्यक्ष भण्डारीले पालिकामा ब्यापक आर्थिक अनियमितता भएको जवाफ ...