जनताले कांग्रेसको नेतृत्व परिवर्तन गर भनेका छन् : सिंह

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने बताउनुभएको छ । पार्टी नेतृत्व परिवर्तन जनताको चाहना भएको पनि उहाँले बताउनुभयो। ‘कांग्रेस देशको नेतृत्वमा रहने हो भने पार्टी नेतृत्व परिवर्तन गर भनेर जनताले भनेका छन्,’ पोखरामा आज आयोजित कार्यक्रममा सिंहले भन्नुभयो।

उहाँले सभापति शेरबहादुर देउवासँग व्यक्तिगत रूपमा सम्बन्ध राम्रै भए पनि राजनीतिक रूपमा भने आफूले फरक मत राखिरहेको बताउनुभयो।‘शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई हामी सम्मान गर्छौं। तर बहुदल आएदेखि नै यी नेताको अनुहार देखिरहेका छौं खै के भयो त भनेर जनताले भनिरहेका छन्,’ सिंहले भन्नुभयो।

आफू गणेशमान-मंगलादेवीको छोरा भए पनि तलैदेखि पार्टीमा काम गर्दै दु:ख गर्दै आएको सिंहको भनाइ थियो।उहाँले पार्टी नेतृत्वलाई हेरेर जनताले भोट दिने भएकोले पनि इमान्दार व्यक्तिलाई सभापति बनाउनुपर्ने बताउनुभएको थियो। सिंह कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उठ्ने तयारीमा छन्। महाधिवेशन मंसिर २४ देखि २६ सम्म हुनेछ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार