• म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको अन्नपुर्ण गाउँपालिका ,बेनी नगरपालिका ,धवलागिरी गाउँपालिका ,मंगला गाउँपालिका र रघुंगगा गाउँपालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयको विज्ञप्ती अनुसार बेनी नगरपालिकामा सबै भन्दा धेरै...

  • धनुषामा ५ कैदीबन्दीमा कोरोना संक्रमण

    जनकपुरधाम । धनुषामा हिरासतमा रहेका पाँच जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा रहेका ५ जना बन्दीमा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार पिसिआर परीक्षण गरिएका ७ जनामध्ये ५ जनामा क...

  • कैलालीमा अक्सिजन सिलिण्डर बोकेको गाडी दुर्घटना हुदाँ चार जना घाइते

    धनगढी । नेपालगञ्जबाट महाकाली अस्पतालका लागि अक्सिजन सिलिण्डर बोकेर आउँदै गरेको गाडी कैलालीको घोडाघोडीमा दुर्घटनामा परेको छ।घोडाघोडी नगरपालिका–५ डोकबजार नजिकै पूर्वबाट पश्चिम आइरहेको म १ ख ३०४ नम्बरको मिनी ट्रक पछाडिको टायर पड्केर अनियन्त्रित हुँदा सडकबाट दक्षिणतर्फ पल्टिएर दुर्घटना भएको हो। चालक बर्दिया बाँसगडीका २८...

  • चाँगुनारायण अस्पतालका सबै डाक्टरले दिए राजीनामा

    भक्तपुर । कोरोना महामारीको दोस्रो लहरसँगै जनजीवन आक्रान्त हुँदा चाँगुनारायण अस्पतालका सम्पूर्ण डाक्टरहरुले राजीनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाले सञ्चालन गर्दै आएको नगर अस्पतालका तीनै जना डक्टरले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिए । नगर अस्पताल सञ्चालनका लागि सञ्जित कुमार ...

  • कोरोना संक्रमणबाट विराटनगरकी गर्भवती महिलाको मृत्यु

    विराटनगर । विराटनगरकी एक गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर–५ कोचाखाल निवासी ३७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो । आठ महिनाकी गर्भवती महिलालाई स्वास्थ्यमा समस्या भएपछि बुधबार अपरान्ह अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको पाँच घण्टा...

  • संघीय संसद सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण

    काठमाडौं । संघीय संसद सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो लिइएको स्वावको पिसिआर परीक्षण गर्दा उपसचिव रामकुमार पौडेल र नासु कमलप्रसाद भुसालको रिपोर्ट पोजिटिभ आएको हो । स्वाव संकलन गरिएका सबैको रिपोर्ट आइनसकेको संघीय संसद सचिवालयले जनाएको छ । आज पनि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन...

  • ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

    उदयपुर । उदयपुरको बेलका नगरपालिकामा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १८ वर्षीय किशोर छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले बेलका नगरपालिका–३ स्थित बिराज टोल घर भएका किशोरलाई पक्राउ गरेको हो ।वैशाख १६ मा उनले बालिकालाई बलात्कार गर...

  • म्याग्दीकी एक बृद्धाको कोरोना संक्रमणबाट पोखरामा मृत्यु

    बेनी । म्याग्दीकी एक महिलाको पोखरामा कोरोना संक्रमणबाट मृत्यु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर २ की ७२ बर्षिया काेराेना संक्रमित महिलाको विहिबार बिहान ७ १० बजेको समयमा पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । बैशाख २२ गते ती महिलाम...

  • खैरो हेरोइनसहित २ जना पक्राउ

    काठमाडौं । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका–१५ स्थित हड्डी चोकबाट प्रहरीले खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १८ वर्षका दुई किशोर छन् । बालिग नभएको हुनाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेका छैन् । उनीहरुको साथबाट ११ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भ...

  • प्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण

    काठमाडौं । प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ४ जना सांसदमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष...